सिलगढ़ी हर्टिकल्चरल सोसाइटीले 41 औँ पुष्प प्रदर्शनी गर्ने भएको छ। आगामी 13 फरवरीदेखि 18 फरवरीसम्म सिलगढ़ीको कञ्चनजङ्घा स्टेडियममा उक्त पुष्प प्रदर्शनी आयोजना हुनेछ। शुक्रवार आयोजित पत्रकार सम्मेलनमा सिलगढ़ी नगरनिगमका मेयर गौतम देवले उक्त कार्यक्रमको उद्घाटन गर्ने घोषणा गरिएको छ। पत्रकार सम्मेलनमा सिलगढ़ी हर्टिकल्चरल सोसाइटीका सचिव प्रशान्त सेन, अध्यक्ष नाण्टु पाल, उपाध्यक्ष बापी पाल तथा अन्य पदाधिकारीहरू उपस्थित थिए।
उक्त प्रदर्शनीमा पहाड़ तथा समतल क्षेत्रका व्यापारीहरूद्वारा विभिन्न प्रकारका फूलहरू प्रदर्शन गरिनेछ। लगभग 3000 वटा टबहरू राखिनेछ र यो वर्ष 101 वटा स्टलहरू पनि रहनेछन्। आयोजक समितिले विभिन्न वर्गमा 330 वटा पुरस्कार प्रदान गर्नेछ। यो प्रदर्शनी फूल प्रेमीहरू र सर्वसाधारणका लागि एक रमाइलो अनुभव हुने आशा गरिएको छ।
