लागू औषधी दुर्व्यसनले ग्रसित युवालाई नयाँ जीवन दिने उद्देश्यमा मिरिक थाना लाइनका एकजना युवालाई दूधेस्थित सुधार केन्द्रमा भर्ना गराइएको छ। आर्थिक अभावका कारण उपचारमा समस्या आइरहेको स्थितिमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा मिरिक टाउन कमिटि युवा शक्ति अध्यक्ष्य आशीष तामाङ, उपाधक्ष्य आलोक गुरुङ अनि दावा तामाङको पहलमा युवकलाई निःशुल्क पुनर्स्थापन केन्द्रमा पठाइएको जानकारी छ। आशीष तामाङले यस कार्यलाई निरन्तरता दिने जानकारी गराँउदै कुलतमा फँसेर पनि राम्रो मार्गमा हिँड्न चाहने निम्नवर्गका युवाहरूलाई युवा शक्तिले सुधार केन्द्रमा पठाउने कार्य जारी राख्ने बताए।
