ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा एमालेले देशभर प्रदर्शन गर्ने भएको छ ।
एमालेको केन्द्रीय सचिवालय बैठकले चैत २४ गतेदेखि पार्टीका विभिन्न कमिटीमार्फत देशभर प्रदर्शन गर्ने निर्णय गरेको छ ।
महासचिव शंकर पोखरेलले चैत २४ गतेदेखि वैशाख १२ गतेसम्म प्रदर्शन गरिने जानकारी दिए ।
प्रर्दशन कार्यक्रम अनुसार चैत २४ गते सबै जिल्ला कमिटी वृहत कार्यकर्ता भेला आयोजना गरिनेछ भने सबै पालिका, वडा, प्रदेश हुँदै राजधानी केन्द्रित प्रदर्शनका कार्यक्रम हुनेछ ।
वैशाख ३ गते वडा तहमा भेला र वैशाअ ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन प्रदर्शन गर्ने कार्यक्रम एमालेले तय गरेको छ ।
यस्तै वैशाख १२ गते राजधानी काठमाडौँमा विरोध प्रदर्शन एवं सभा आयोजना गरिने एमालेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *