एमाले अध्यक्ष ओली रिहा

नेकपा एमालेका अध्यग तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रिहा भएका छन्। ओलीलाई अनुसन्धानका क्रममा आवश्यक परेका बेला उपस्थित हुने गरी उनकी पत्नी राधिका शाक्यको जिम्मा लगाइएको छ। जेनजी आन्दोलनमा दमन गरेको आरोपमा चैत १४ गते ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका थिए। लेखक हिरासतमा रहे पनि ओली भने जटिल स्वास्थ्य अवस्थाका कारण उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । त्यसलगत्तै ओलीकी पत्नी शाक्य र लेखकपत्नी यशोदा लेखकले गैरकानूनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका थिए। सर्वोच्च अदालतले चैत २३ गते ओली र लेखकमाथिको अनुसन्धान बिहीबारसम्म टुंग्याउन आदेश जारी गरेको थियो। अदालतले बिहीबारसम्म पनि अनुसन्धान टुंगिन नसके शर्तसहित छाड्न भनेको थियो। सोही आदेशअनुसार ओलीलाई परिवारको जिम्मा लगाइएको हो। पूर्वगृहमन्त्री लेखकलाई पनि आजै छाड्ने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *