सातभैयामा ट्रक दुर्घटनाग्रस्त

नक्सलबारीको सातभैयामा स्याउ बोकेको ट्रक दुर्घटनामा परेको छ। दुर्घटनामा ट्रकका चालक अनि सहचालक घाइते बनेका छन्। घाइतेहरूको नाम फावाद अहमद अनि उमर जब्बार हो। दुवैजना कश्मीरका वासिन्दा हुन्। प्राप्त जानकारीअनुसार, आज बिहान कश्मीरबाट सिलगढ़ीतर्फ आइरहेको ट्रक नक्सलबारीको सातभैया मोड़मा दुर्घटनामा परेको हो। माङ्गुरमारी नदीमा ट्रक झरेको थियो। यस दुर्घटनामा चालक र सहचालक घाइते भए। घटनापछि तिनीहरूलाई उद्धार गरेर नक्सलबारी अस्पताल लगियो। प्रारम्भिक उपचारपछि दुवैलाई अस्पतालबाट छुट्टी दिइएको छ। खबर पाएपछि नक्सलबारी ट्राफिक गार्डका कर्मचारीहरू घटनास्थलमा पुगे। ट्राफिक सूत्रअनुसार अहिले क्रेनको सहायताले ट्रक उद्धार गर्ने कार्य भइरहेको छ। उता दुर्घटनाको कारण एशियन हाइवेको एउटा ब्यारिकेड पनि भाँचिएको छ। सम्पूर्ण घटनाको जाँचमा पुलिस लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *