तीन बत्ती मोड़मा तृणमूल युवा कङ्ग्रेसको कार्यक्रम

तृणमूल कङ्ग्रेसले भाजपा शासित राज्यहरूमा बङ्गला भाषीहरूमाथि उत्पीड़न भइरहेको आरोप लगाउँदै आइरहेको छ। अपसंस्कृतिको वाहक तथा बङ्गला भाषी विरोधी भाजपाको राजनैतिक षड़यन्त्र चलिरहेको पनि तृणमूल कङ्ग्रेस आरोप लगाउँदै आइरहेको छ।

तृणमूल सुप्रिमो तथा मुख्यमन्त्री ममता ब्यानर्जीले 21 जुलाईको शहीद दिवस मञ्चबाट यस्तो नीतिविरुद्ध सड़कमा उत्रेर विरोध गरिने जनाइसकेकी छन्।भाजपाको तथाकथित षड़यन्त्र विरोधमा गर्दै दार्जीलिङ जिल्ला तृणमूल युवा कङ्ग्रेसको पहलमा आज तीन बत्ती मोड़मा कार्यक्रम आयोजना गरिएको छ।

साथै तीन बत्ती मोड़ क्षेत्रमा बिरुवा रोपण कार्यक्रम पनि सम्पन्न गरियो। त्यस कार्यक्रममा सिलगढ़ी नगर निगमका मेयर गौतम देव पनि सामेल भए। मेयरले पनि बिरुवा रोपण कार्यक्रममा सहभागिता जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *