पैह्रोले यातायात अवरुद्ध

अविरल झरीले सुके खण्डको गोपालधारा भीर गाउँ जाने सड़कमा पैह्रो झरेको छ। पैह्रो झर्दा यातायात ठप्प भएको छ। केही महीनाअघि गाँउलेहरूको श्रमदान अनि आईजीजेएफका प्रमुख अजय एडवर्ड्सले उपलब्ध गराएका जेसीभीद्वारा उक्त सड़क खनन गरिएको स्थानीय मानिसहरूले बताएका छन्।

अर्कातिर अविरल झरीले गोपालधारा अप्पर पासाङ गाँउको अनित गुरुङको घरलाई क्षति गरेको पनि जानकारी प्राप्त भएको छ। यता गोपालधारा भीर गाउँ जाने सड़कमा अवरोध सृष्टि भएपछि स्थानीय मानिसहरूलाई यातायातमा धेरै समस्या भइरहेको छ। पैह्रोको कारण सम्पूर्ण गाउँलाई नै समस्या भएको जानकारी गराँउदै स्थानीय मानिसहरूले पैह्रो गएर यातायात ठप्प भएपछि बुधवार धेरै विद्यार्थीहरू पनि विद्यालय जान नसकेका बताए।

त्यसरी नै पैह्रोको कारण चिया श्रमिकहरू पनि काममा जान नसकेका बताइएको छ। उक्त सड़क गाँउको जीवन रेखा नै रहेको कारण सम्बन्धित निकायसमक्ष सड़कलाई शीघ्र व्यवस्थित गरिदिने स्थानीय मानिसहरूले अपील गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *