चार दलका शीर्ष नेता सुशासन समितिमा

प्रमुख चार दलका शीर्ष नेताहरू एउटै संसदीय समितिमा बसेका छन् । मुख्य चार दलका शीर्ष नेताहरू संसद्को राज्य व्यवस्था तथा सुशासन समिति रोजेका छन् । २६ सदस्यीय राज्य व्यवस्था तथा सुशासन समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन् । यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाही पनि छन् । समितिमा अफ्साना बानु, अमरेश कुमार सिंह, अर्जुननरसिंह केसी, कमल सुवेदी, करिस्मा कठरिया, कविन्द्र बुर्लाकोटी, गजाला शमीम मिकरानी, गणेश कार्की, निश्कल राई, पद्माकुमारी अर्याल, पुरुषोत्तम शुप्रभात यादव सदस्य रहेका छन् । सांसदहरू विश्व राज पोखरेल, भीष्मराज आङ्देम्बे, मोहम्मद इश्तियाक राई, युवराज दुलाल, रमेश प्रसाई, रविन्द्र पटेल, राम लामा, रुबिना आचार्य, रेखा कुमारी यादव, विष्णुमाया बि।क।, श्रद्धा कुवर क्षेत्री र हरि ढकाल राज्य व्यवस्था तथा सुशासन समिति सदस्यमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *