रोय परिवार पुलिसद्वारा सम्मानित

जलपाइगढ़ी जिल्ला पुलिसले सोमवार मैनागुड़ीमा यसै महीनाको आरम्भमा भएको एटीएम डकैती असफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै राजु राय अनि तिनको परिवारलाई सम्मानित गरेको छ। जाँचमा संलग्न जिल्ला पुलिस अधिकारीहरूलाई पनि कार्यक्रममा सम्मान गरियो।
यो घटना 14 जूनको राति भएको थियो। मैनागुड़ीको बोउलबारीस्थित एउटा एटीएमबाट दुष्कर्मीहरूले 54 लाख लुटेका थिए। अपराधीहरूलाई भागिरहेको देखेपछि रोय परिवारले तुरुन्तै 100 नम्बरमा फोन गरेर पुलिसलाई त्यसबारे खबर गरेको थइयो। साथै तिनीहरूले डाकाहरूको गाड़ीलाई पछ्याउँदै गाड़ीको भिडियो समेत खिचे। त्यसले अपराधीहरूबारे पत्तो लगाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो।
उक्त भिडियो र गाड़ीको नम्बरको आधारमा जलपाइगढ़ी जिल्ला पुलिस, सिलगढ़ी पुलिस कमिश्नरेट र बैकुण्ठपुर वन विभागको संयुक्त अपरेशन सञ्चालन गरिएको थियो। समन्वयपूर्ण प्रयासमा चार जना आरोपीहरू पक्राउ परे। भिडियो तुरुन्तै साझा गरेर पुलिसलाई सहयोग पुर्यारएकोमा एक ब्याङ्क कर्मचारी राजु रोयलाई विशेष रूपले सम्मानित गरियो। जलपाइगढ़ीका पुलिस अधीक्षक खण्डबहाले उमेश गणपतले रोय परिवारको सतर्कता र पुलिस टोलीले डाकाहरूलाई पक्रन बैकुण्ठपुर वन क्षेत्रमा गरेको प्रयासको प्रशंसा गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *