पाकिम जिल्लाको बन्दे पोख्रेल मार्गअन्तर्गत पर्ने कैँजले क्षेत्रमा गएको पैह्रोका कारण सड़क पूर्ण रूपले अवरुद्ध भएको छ। उक्त मार्गले पाकिमबाट मामरिङ, तारेथाङ हुँदै रोड़ाथाङलाई जोड्दछ। स्थानीय सूत्रअनुसार रातभरि भएको अविरल वर्षापछि बिहानको समय ठूलो पैह्रो खसेको हो।
पैह्रोका कारण सड़क पूर्ण रूपले अवरुद्ध भएपछि वाहनहरूको आवागमन ठप्प भएको छ। पैह्रोबारे सम्बन्धित सरकारी निकायलाई जानकारी गरिएको स्थानीय युवाहरूले बताएका छन्। यद्यपि सड़क खोलाउन केही समय लाग्न सक्ने अनुमान गरिएको छ।
यस पैह्रोले विद्युत पोलहरूसमेत क्षतिग्रस्त बनेका छन्। स्थानीय विद्युत विभागका कर्मचारीहरूअनुसार प्रभावित क्षेत्रमा विद्युत सर्वराह प्रभावित भएको छ। सेवा पुनः सुचारु गर्न प्राविधिक टोली घटनास्थलमा पुगिसकेको जानकारी प्राप्त भएको छ। प्राकृतिक प्रकोपका कारण स्थानीय जनजीवन प्रभावित बनेको छ भने सर्वसाधारणलाई सुरक्षित रहन अनुरोध गरिएको छ।
