जतासुकै फोहोर नफालिदिने अनुरोध

मिरिक सिलगढ़ी मुख्य सड़कका केही ठाँउहरूमा मानिसहरूले जतासुकै फोहोर फालेका देखिएको छ। मानिसहरूले राति गाड़ीमा हालेर फोहोर ल्याई सड़क किनारमा फाल्ने गरेका धेरैले आशङ्का गरेका छन्। सड़क किनारमा लापरवाहीपूर्वक फोहोर फाल्नाले दुर्गन्ध फैलिरहन्छ साथै यसको नकारात्मक प्रभाव सड़कमा दैनिक ओहोर दोहोर गर्ने यात्रीहरूलाई परिरहेको छ।

वर्षाको मौसममा यसरी फोहोर फालिनाले नाला अनि झोड़ा बुच्चिनाले पैह्रोको जोखिम बढ्ने पनि धेरैको भनाइ छ। सड़क किनारमा जतासुकै फोहोर धेरै भएको देखेर केही साताअघि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको युवा सङ्गठन युवा शक्तिले फोहोर सङ्ग्रह गरेको थियो साथै सड़क किनारमा फोहोर नफालिदिने अनुरोध गर्दै ब्यानरहरू पनि लगाएको थियो। यति मात्र होइन उपरोक्त विषयमा प्रशासनले पनि निगरानी राखिदिने अनुरोध गर्दै मिरिकका विभिन्न सरकारी निकायहरूमा पत्राचार पनि गरेको थियो।

उक्त पहलपछि सड़क किनारमा फोहोर फाल्न कम भए पनि फेरि अहिले मानिसहरूले जताततै फोहोर फाल्न थालेका पाइएको छ। यस्तो स्थितिमा युवा शक्ति मिरिक महकुमा अध्यक्ष उमेस तोलाङ्गीले सड़क किनारमा जतासुकै फोहोर नफालिदिने अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *