प्रधानमन्त्रीको भारत भ्रमण छिट्टै : पराष्ट्रमन्त्री

मौरिससमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन शाहको भारतको भ्रमण छिट्टै हुने बताएका छन् परराष्ट्रमन्त्री खनालले मौरसिसमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण चाँडै हुने बताएका हुन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेनलाई शुभकामना सन्देशसहित भारत भ्रमणको निम्तो दिएका छन् । भारतीय प्रधानमन्त्रीले दिनु भएको निम्तो प्रधानमन्त्री बालेनलेस्वीकार गर्नु भएको छ । यद्यपि त्यो प्रारम्भिक चरण भएको र त्यसलाई पूर्णता दिन थप छलफल आवश्यक छ, उनले भने । भारतीय विदेशमन्त्री जयशंकरसँगको कुराकानीमा दुई देशबिचको उच्चस्तरीय भ्रमणअघि सचिवस्तरीय भ्रमण हुनेछ । निकट भविष्यमा भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले नेपाल भ्रमण गर्ने र त्यो भ्रमणको क्रममा अन्य कुराको टुङ्गो लाग्ने कुराकानी भएको छ । भारतीय सञ्चारमाध्यमलाई मन्त्री खनालले भनेका छन्, हाम्रा प्रधानमन्त्रीले बधाई सन्देशमा निमन्त्रणा प्राप्त गर्नुभएको थियो । प्रधानमन्त्रीले स्वीकार पनि गर्नुभएको छ, तर मिति र समय हाम्रा संयन्त्रहरूले निर्धारण गर्नेछन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *