एजेन्सी: मंसिर १५ देखि काठमाडौंमा सुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक गरिएको छ ।
सोमबार धरहरा परिसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले ट्रफी अनावरण गरे । ओलीले नेपाल प्रिमियर लिगको शुभकामना दिँदै आगामी दिनमा महिला नेपाल प्रिमियर लिगको आयोजना गर्न पनि क्यानका पदाधिकारीसँग आग्रह गरेका छन् ।
क्रिकेट युवा पुस्ताको एउटा सपना र गौरव बनेको भन्दै प्रधानमन्त्री ओलीले क्रिकेट खेलमात्र नभई राष्ट्रिय जागरुकता, अनुशासनको प्रतीक पनि बनेको बताए । उनले ८ वटै टीमका मार्की खेलाडीको प्रशंसा गरेका छन् । उनले सन्दीप लामिछानेलाई क्रिकेटको ब्राण्ड एम्बेस्डर जस्तै रहेको भनेका छन् । दीपेन्द्र सिंह ऐरी आफ्नो मनपर्ने खेलाडी भन्दै उनले ऐरीलाई ‘बाघ’ को संज्ञा दिए
You may also like
-
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि
-
भुर्तेलको ‘अलराउन्ड शो’ मा मधेशविरुद्ध नेपाल पुलिसको इनिङ जित
-
हङकङ यू- १९ विरुद्ध ३ म्याचको सिरिज नेपालद्वारा क्लीन स्वीप
-
कर्णालीमाथि रोमाञ्चक जित निकाल्दै जनकपुर एनपीएलको फाइनलमा
-
विनोद भण्डारीले बनाए अर्धशतक, जिततर्फ लम्कियो सुदूरपश्चिम