पाकिस्तान सरकारले पेट्रोलियम पदार्थको मूल्य दोस्रो पटक बनाएको छ । पाकिस्तानी सरकारले पेट्रोलमा प्रतिलिटर १३७.२३ रुपैयाँ र डिजेलमा प्रतिलिटर १८४.४९ रुपैयाँ बढाएको छ। शुक्रबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूलल्य बढाइएको हो । यो मूल्य अहिलेसम्मकै ठूलो वृद्धि हो । अब पाकिस्तानमा पेट्रोलको मूल्य प्रति लिटर ४५८.४१ पाकिस्तानी रुपैयाँ र डिजेलको मूल्य प्रति लिटर ५२०.३५ पाकिस्तानी रुपैयाँ पुगेको छ।
भारतीय रुपैयाँको तुलनामा पाकिस्तानमा पेट्रोल करिब १५२ भारतीय रुपैयाँ प्रति लिटर र डिजेल करिब १७३ भारतीय रुपैयाँ प्रति लिटरमा बिक्री भइरहेको छ। एक भारतीय रुपैयाँ बराबर तीन पाकिस्तानी रुपैयाँ हुन्छ । इरान युद्ध सुरु भएदेखि पाकिस्तान सरकारले पछिल्लो एक महिनामा दोस्रो पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। यसअघि मार्च ४ मा पनि पेट्रोल र डिजेलको मूल्यमा ५५.५५ रुपैयाँ वृद्धि गरिएको थियो। विश्व बजारमा इन्धनको बढ्दो मूल्य र आन्तरिक आर्थिक संकटका कारण मूल्य वृद्धि गर्नुपरेको पाकिस्तानी अधिकारीहरूले बताएका छन्। यो वृद्धिसँगै पाकिस्तानमा महँगी अझै बढ्ने अनुमान गरिएको छ, जसले सर्वसाधारणको दैनिकी थप कष्टकर बनाउने देखिन्छ।
You may also like
-
हालैको मतदान सम्झौता भए पनि अफगानिस्तान र पाकिस्तानबीच नयाँ संघर्ष सुरु
-
न्यूयोर्क विमान दुर्घटनाले आपत्कालीन प्रतिक्रिया सुरु गर्यो, बहु चोटपटकको विवरण रिपोर्ट गरिएको
-
शिक्षा परामर्शदाताहरूलाई आधिकारिक अनुमति सुरक्षित गर्न भनियो
-
बिपी राजमार्गको काभ्रे खण्डमा पुनर्निर्माण तीव्रगतिमा
-
आज कोशीमा वर्षा सम्भावित छ
