फर्जी मतदाता खोजी अभियानमा पापिया घोष

दार्जीलिङ जिल्ला तृणमूल कङ्ग्रेसका अध्यक्ष पापिया घोषले मतदाता सूचीको प्रयोग गर्दै फर्जी मतदाता खोज्ने उद्देश्यमा घरदैलो अभियान चलाइन्। सोमवार जिल्ला सचिव आनन्द घोष, स्थानीय उप-प्रधान तथा पार्टी कार्यकर्ताहरूसित पापिया घोष बाघडुग्राको शान्तिनगर क्षेत्रका विभिन्न घरहरूमा पुगिन्।

तिनले स्थानीय वासिन्दाहरूलाई आफ्नो नाम, पहिचान र भोटर कार्ड नम्बर प्रमाणित गर्ने अनुरोध गरिन्। पापिया घोषले दिल्लीको निर्वाचन आँखा खोल्ने खालको रहेको बताउँदै पार्टीको निर्देशनअनुसार फर्जी मतदाता पहिचान गर्ने अभियान आरम्भ भएको बताइन्।

अन्य राज्यका केही मानिसहरूले एउटै भोटर कार्ड नम्बर प्रयोग गरी मतदाता सूचीमा दर्ता गरिरहेका आरोप रहेको बताउँदै 2024 को निर्वाचनमा यस्ता घटनाहरूलाई अदेखा गरिएको स्वीकार गर्दै त्यसलाई असफलता भनेर बताइन्।
तिनले भनिन्, यस पहलमार्फत पार्टीले मतदाताहरूलाई सचेत गराउँदैछ र आउँदो शनिवार एउटा शिविरको आयोजना गरिनेछ। अहिलेसम्म कुनै फर्जी मतदाता भेटिएको छैन तर केही नामहरूको जाँच गरिँदैछ। साथै तिनले भाजपामाथि कटाक्ष गर्दै यस्ता अभ्यासहरू भाजपा सत्तामा आउने तरिका हुन सक्ने आरोप लगाइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *