हात्तीको मृत्यु मामिलामा एक आरोपी पक्राउ

2024 को अक्टोबर महीनामा बिजुलीको झटका लागेको कारण एउटा हात्तीको मृत्यु भएको थियो। उक्त घटनामा हात्तीलाई बिजुलीको झटका दिएर मार्ने एकजना आरोपीलाई अन्ततः वन विभागले पक्राउ गरेको छ। यो घटना 2024 को अक्टोबर महीना गजलडोबा संलग्न दुदिया ग्राम क्षेत्रमा भएको थियो। मृत पाइएको हात्तीको शरीरभरि जलेको चिह्न थियो। त्यसकारण पोस्टमर्टम गर्दा रिपोर्टमा हात्तीको मृत्यु बिजुलीको झटकाले भएको पुष्टि भयो। त्यसपछि वन विभागले मामिलाको जाँच आरम्भ गऱ्यो। संदिग्ध दुई व्यक्तिहरूको पहिचान गरेर मामिलाको जाँच अघि बढ़ाइएको थियो। तर ती दुवै व्यक्तिहरूले त्यहाँबाट सुइँकुच्चा ठोके। यस मामिलामा ती दुई आरोपीहरूविरुद्ध न्यायालयले पक्राउको वारण्ट समेत जारी गरेको थियो।
अन्ततः मामिलाको जाँच अवधि एकजना आरोपीलाई पक्राउ गरिएको छ। यस मामिलामा वन विभाग बेलाकोबाका रेञ्जर चिरञ्जीत पालले भने, गुप्त सूत्रहरूबाट प्राप्त सूचनाको आधारमा संदिग्ध व्यक्तिहरूलाई क्षेत्रमा घुमफिर गरिरहेको देखियो। त्यसपछि अभियान चलाएर मङ्गलवार एकजना आरोपीलाई पक्राउ गरिएको हो। तिनले अझ भने, अहिले पनि जाँच चलिरहेको छ। त्यसकारण आरोपीको नाम सार्वजनिक गरिने छैन। पक्राउ परेको आरोपीलाई जलपाइगढ़ी न्यायालयमा प्रस्तुत गरिएको पनि तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *