एजेन्सी: नेपालले त्रिकोणात्मक टी-२० सिरिजमा खराब शुरुवात गरेको छ । गएराती सम्पन्न क्यानडाविरुद्धको पहिलो खेलमा नेपाल पराजित भएको हो । यस खेलमा क्यानडाले नेपाललाई १४ रनले पराजित गरेको हो ।
क्यानडाले दिएको १२४ रनको लक्ष्य पछाएको नेपाली टिम १९ ओभरमा अल आउट हुदै १०९ रन मात्र बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ३७ रन बनाए भने अन्य ब्याट्सम्यानले खासै योगदान गर्न सकेनन ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले २० ओभरमा ८ विकेट गुमाउदै १२३ रन बनाएको थियो ।
क्यानडाका लागि साद बिन जफरले सर्बाधिक २३, श्रेयस मोभ्भाले २२, प्रवीन कुमारले १९, दिलप्रित बाज्वा र अखिल कुमारले १४-१४ र नवनीत धलिवालले १३ रन बनाएका थिए ।
त्यस्तै नेपाली बलर सन्दीप लामिछाने र सोमपाल कामीले ३-३, रजिन ढकाल र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए ।
अब नेपालले अर्को खेल आज ओमानसँग खेल्दै छ ।
You may also like
-
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि
-
भुर्तेलको ‘अलराउन्ड शो’ मा मधेशविरुद्ध नेपाल पुलिसको इनिङ जित
-
हङकङ यू- १९ विरुद्ध ३ म्याचको सिरिज नेपालद्वारा क्लीन स्वीप
-
कर्णालीमाथि रोमाञ्चक जित निकाल्दै जनकपुर एनपीएलको फाइनलमा
-
विनोद भण्डारीले बनाए अर्धशतक, जिततर्फ लम्कियो सुदूरपश्चिम