सोमवार बेलुकीदेखि परेको हात्ती सुँड़े वर्षाझरीले लुइस जुब्ली क्षेत्रमा पैह्रो गएको छ। दार्जीलिङ नगरपालिका क्षेत्रअन्तर्गत 17 नम्बर वार्ड लुइस जुब्ली मुन्तिर गएको उक्त पैह्रोले ज्यानमाल नोक्सान गर्नसक्ने जोखिम बढ़ाएको छ भने यस घटनाको कारण बिचल्नीमा परेका 10 परिवारलाई पुनर्वास गराउन क्षेत्रका नगरपाल नितेश गुरुङले पहल आरम्भ गरिसकेका जानकारी प्राप्त भएको छ।
नगरपाल गुरुङले घटनाको स्थलगत निरीक्षण गर्दै सबै प्रकारको सहयोग गर्ने आश्वासन दिएका छन्। तिनले यसबारे जीटीए प्रमुख कार्यपाल अनित थापासित पनि कुराकानी गर्ने बताए। यता समाचार लेखुञ्जेलसम्म घटनामा कोही घाइते बनेका जानकारी प्राप्त भएको छैन।
