पीड़ित परिवारलाई आईजीजेएफद्वारा सहयोगको वाचा

अविरल वर्षाको कारण मरमास्थित डाँड़ाधुरा गाउँ निवासी अकबर छेत्रीको घर क्षतिग्रस्त भएको जानकारी प्राप्त भएपछि इण्डियन गोर्खा जनशक्ति फ्रण्टका मिरिक महकुमा संयोजक प्रशान्त लामाले उक्त परिवारसित भेट गरेका छन्। साथै तिनले पीड़ित परिवारलाई घरको मरम्मतीमा सकेसम्म सहायता गर्ने वाचा पनि गरेका छन्।

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका महकुमा सदस्य अतिरत्न राईले यस्तो विकट परिस्थितिमा क्षेत्रीय नेतृत्वले चासो नलिनु सम्पूर्ण ग्रामवासीहरूका लागि दुखलाग्दो विषय भनेर बताए।
आजको भ्रमणमा महकुमा संयोजक लगायत मिरिक 24 नम्बर समष्टि संयोजक सुमन गुरुङ, बूथ नम्बर 136 का पञ्चायत सदस्य जुगल प्रधान, बूथ सभापति जीवन छेत्री अनि बूथ नम्बर 138 सभापति राजीब राई एवं इण्डियन गोर्खा जनशक्ति फ्रण्ट श्रमिक सङ्गठन मरमा शाखाका सभापति प्रल्हाद मोथेको उपस्थिति रहेको थियो। यता परिवार पक्षबाट अकबर छेत्रीले प्रशान्त लामालगायत सम्पूर्ण टोलीप्रति आभार प्रकट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *