हाल देशभर मनसुनको प्रभाव व्यापक छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रहरूमा आज दिउँसोदेखि प्रायः बादल लाग्ने छ भने बाँकी क्षेत्रहरूमा आंशिक बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाले प्रकाशित गरेको मौसम सल्लाहकारका अनुसार आज कोशी र बागमती प्रदेशका केही स्थानमा उल्लेखनीय वर्षा हुने अनुमान गरिएको छ।
अन्य प्रदेशहरूमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा आज साँझ भारी वर्षा हुने सम्भावना छ। छिमेकी प्रदेशका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम विज्ञान विभागले जनाएको छ।
You may also like
-
ग्वार खोला प्राचीन ‘गणेश गङ्गा’ संरक्षण अभियानमा २ युवा
-
हुम्लाको डाँडाफयामा भालुको आतङ्क, नियन्त्रणमा नलिए जनधनको क्षति हुनसक्ने सम्भावना
-
विपत्तिको कहर: १९ जिल्लामा मानवीय क्षति
-
पेट्रोलियम पाइपलाइनबाट साढे ६ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी बचत
-
जोखिमयुक्त मानिसहरुको रक्षाका लागि कोशी प्रदेश स्तरीय मानवअधिकार सहायता कक्ष गठन
