एकै रातमा चारवटा सामान वाहक गाड़ीहरूमा भएको चोरीको घटनाले फूलबारीमा सनसनी फैलाएको छ। असामाजिक तत्त्वहरूले पार्किङ गरिएका गाड़ीहरूको ऐना फुटाएर चोरी गरेका छन्। घटना मङ्गलवार अबेर राति फूलबारीको पश्चिम धनतला क्षेत्रमा भएको हो। प्राप्त रिपोर्टअनुसार ती गाड़ीहरू सोमवार राति विभिन्न स्थानबाट सामान लोड गरेर पश्चिम धनतला, फूलबारीको मर्डर मोड़ नजिकै पार्क गरिएका थिए। मङ्गलवार बिहान गाड़ी मालिक राजकुमार सिंहले आफ्नो गाड़ीको ऐना फुटेको देखे। जाँच गर्दा नजिकै पार्क गरिएका अन्य चारवटा गाड़ीहरूमा पनि उस्तै चोरी भएको पत्तो लाग्यो।
चोरहरूले एउटा गाड़ीबाट 20,000 नगद राशि चोरेका छन् भने अन्य गाड़ीहरूबाट नगद, गाड़ीका कागजात तथा टायर समेत चोरी गरेका छन्। एकै रातमा चारवटा गाड़ीमा चोरी भएको घटनाले स्थानीय वासिन्दाहरूमा चिन्ता बढ़ाएको छ। यस घटनापछि तिनीहरूले उक्त क्षेत्रमा पुलिस गस्ती बढ़ाउने माग गरेका छन्।
