सड़क बन्दपछि भाड़ा दोब्बर

सड़क अस्थायी रूपमा बन्द हुने बित्तिकै सिलगढ़ीबाट सिक्किम जाने गाड़ी भाड़ा दोब्बर भएको छ। पहाड़ी राज्य सिक्किमको लाइफलाइन मानिने 10 नम्बर राष्ट्रिय राजमार्गको मरम्मती कार्य आरम्भ भएको छ। त्यसकारण प्रशासनले गाड़ीको आवागमनमाथि नियन्त्रण लगाएको छ। वैकल्पिक मार्ग प्रयोग गर्दा 8 देखि 10 घण्टा समय लागिरहेको छ। चालकहरूको भनाइअनुसार दूरी पनि झण्डै दोब्बर भएको छ। समय र खर्च बढ्दा यात्रीहरू समस्यामा परेका छन्। पीड़ितमध्ये व्यावसायिक कार्य र अन्य काममा दैनिक ओहोरदोहोर गर्नेहरूदेखि पर्यटकहरू पनि छन्।
नेशनल हाइवे एण्ड इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट कर्पोरेशन लिमिटेडले 10 मईमा सूचना जारी गर्दै 10 नम्बर राष्ट्रिय राजमार्गमा सवारी आवागमन अस्थायी रूपले बन्द गरिने जानकारी दिएको थियो। 12 देखि 19 मईसम्म सवारीको आवागमन नियन्त्रणमा राखिने सूचनामा भनिएको छ। यसबीच बिहीवार बिहान 9 बजीदेखि साँझ 6 बजीसम्म राजमार्ग पूर्ण रूपले बन्द गरिएको थियो। 17 र 19 मईमा पनि यसरी नै बाटो बन्द हुनेछ।
वैकल्पिक मार्ग प्रयोग गर्दा गाड़ी चलाउने खर्च बढ़ी हुने बताउँदै चालकहरूले भाड़ा दोब्बर मागेको आरोप लागेको छ। सामान्यतः सिलगढ़ीदेखि सिक्किमको गान्तोकसम्म साझा गाड़ीमा प्रतिव्यक्ति 400 रुपियाँ लाग्दथ्यो। तर हाल त्यो रकम 800 रुपियाँसम्म पुगेको छ। सानो गाड़ीले केवल पुऱ्याएको मात्र 4500 रुपियाँ लाग्थ्यो भने अहिले 9 देखि 10 हजार रुपियाँसम्म मागिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *