दिउँसै चोरीको प्रयास गरेको आरोपमा पक्राउ

तराईको निरपानीमा विगत धेरै दिनदेखि चोरहरूको रगरगी बढ़िरहेको थियो। आज पनि दिउँसै कोही नभएको घरभित्र पसेर चोरी गर्ने प्रयास गरिरहेको आरोपमा तीनजना चोरहरूलाई पक्राउ गरिएको छ। चोरहरूलाई पक्राउ गरेर पानीघट्टा पुलिसलाई जिम्मा लगाइए पनि पानीघट्टा पुलिस पोस्टमा चोरीको प्रयास गरिएको घरबाट कुनै लिखित प्राथमिकी प्राप्त नहुँदा पुलिसले चोरहरूमाथि केही कार्वाही गर्न नसकेको जानकारी प्राप्त भएको छ। स्मरण रहोस्, निरपानीमा आजभन्दा धेरै महीनादेखि चोरहरूको रगरगी चलिरहेको थियो। घरमा कोही नभएको समयको मौका छोपेर सुनदेखि लिएर पैसा रूपियाँ साथै अमूल्य सरसामग्रीहरू चोरी गरिएको घटना प्रकाशमा आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *