चिकित्सा लापरवाहीको कारण रोगीको मृत्यु भएपछि नक्सलबारी ग्रामीण अस्पतालमा तनाउ फैलिएको छ। बिहीवार उक्त घटनाबारे नक्सलबारी थानामा रोगीका परिवार सदस्यहरूले डाक्टरविरुद्ध प्राथमिकी दर्ता गरेका छन्। ज्वरो र पखालाको लक्षण देखिएपछि त्यसै दिन बिहान 10 बजीतिर नक्सलबारीको विजयनगर निवासी 27 वर्षीय सुबीर लाकड़ालाई नक्सलबारी ग्रामीण अस्पतालमा भर्ना गरिएको थियो। तर बेलुकी सुबीर लाकड़ाको मृत्यु भयो। यस घटनाले मृतकका परिवार परिवार आक्रोशित बने।
मृतकका दाइ प्रीतम लाकड़ाले भने, भाइलाई रेफर गरेको दुई मिनटमै मृत घोषणा गरियो। चिकित्सकले रक्त अल्पता र सुगरको कारण मृत्यु भएको बताए पनि डाक्टरको लापरवाहीकै कारण सुबीरको मृत्यु भएको परिवार सदस्यहरूको आरोप छ।
यसै विषयमा सुबीरका परिवार सदस्यहरूले नक्सलबारी ग्रामीण अस्पतालका ड्युटीमा रहेका एक चिकित्सकविरुद्ध लिखित प्राथमिकी दर्ता गरेका छन्। यद्यपि अहिलेसम्म यसबारे अस्पताल प्रशासनको कुनै प्रतिक्रिया आएको छैन।