दुष्कर्मको आरोपमा एक व्यक्ति पक्राउ

एक 14 वर्षीया नाबालिगासिक आफ्नै बाबाको साथीले दुष्कर्म गरेको आरोप लागेको छ। यस घटनाले एनजेपी संलग्न क्षेत्रमा निकै होहल्ला मच्चाएको छ। दुष्कर्मको आरोपमा पक्राउ पर्ने व्यक्तिको नाम नयन बर्मन हो। तिनी हातियाडाङ्गा क्षेत्रका वासिन्दा हुन्। सोमवार दिउँसो नाबालिगा घरमा एकलै थिई।

नाबालिगाकी आमा घरेलु कामदारको रूपमा काम गर्छिन्। त्यसै मौकाको लाभ उठाउँदै आरोपी नयन बर्मनले नाबालिगालाई तिनकी आमाकहाँ लैजाने भनेर बताए। तर नाबालिगा राजी भइनन्। त्यसपछि नयनले तिनलाई जबरजस्ती टोटोमा राखेर रेलवे यार्डमा रहेको खाली रेलवे डिब्बामा लग्यो। त्यहाँ तिनले नाबालिगाको हात र मुख तौलियाले बाँधेर दुष्कर्म गरेको आरोप छ। घटनाबारे कसैलाई बताए नयनले नाबालिकालाई मार्ने धम्की समेत दिएको आरोप छ। आरोपी नयन बर्मन नाबालिगाका बाबाको साथी रहेको थाहा लागेको छ।

दुई परिवारको नियमित आउजाउ पनि हुन्थ्यो। घटनापछि नाबालिगा सड़कमा रुन थालिन्। त्यति बेला आमाले खोज्दै गर्दा छोरी फेला परिन्। पछि नाबालिगाले आफ्नी आमालाई सम्पूर्ण घटनाबारे बताइन्। त्यसपछि नाबालिगाको परिवारले एनजेपी जीआरपी पुलिस चौकीमा उजुरी दर्ता गऱ्यो। घटनापछि स्थानीय वासिन्दाहरूमा आक्रोश र त्रास फैलिएको छ। स्थानीय मानिसहरूले दोषीलाई कठोर कारवाही गर्नुपर्ने माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *