राष्ट्रिय संरक्षण सम्मेलन सुरु

राष्ट्रिय संरक्षण सम्मेलन २०२६ बुधबारबाट सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने सो सम्मेलन २० औं राष्ट्रिय संरक्षण दिवसको अवसर पारेर सञ्चालन भएको हो ।
सम्मेलनको बुधबार उद्घाटन गर्दै कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संरक्षण र विकासलाई एक अर्काको विरोधी नभइ संरक्षण, जीविकोपार्जन र राष्ट्रिय समृद्धि सँगसँगै अघि बढाउनु पर्ने बताइन् ।
मन्त्री चौधरीले पछिल्ला दिनमा नेपालले संरक्षणका क्षेत्रमा प्राप्त गरेका उपलब्धिमा मात्र सन्तुष्ट बस्न सक्ने अवस्था नभएको बताउनुभयो । सो अवसरमा बोल्दै उहाँले नेपालको जैविक विविधता पछिल्ला दिनमा गम्भीर दबाबमा रहेको बताइन् ।
मन्त्री चौधरीले वन्यजन्तु संरक्षणसँगै स्थानीय समुदायको जीवन, जीविकोपार्जन र सुरक्षा सुनिश्चित गर्र्नेतर्फ सरकार लागिरहेको बताइन् । उनले मान–वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा मात्र सीमित नरही दिगो सहअस्तित्व कायम गर्नेतर्फ लक्षित हुनुपर्नेमा जोड दिइन् ।
सरकारले यस आर्थिक वर्षदेखि मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रमलाई राष्ट्रिय बजेट प्रणालीमा समावेश गरेको बताउँदै मन्त्री चौधरीले संरक्षण संरक्षित क्षेत्रको सीमाभित्र मात्र सीमित राख्न नहुने बताएन् ।
मन्त्री चौधरीले वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज व्यवस्थापनमा निरन्तर सुधार भइरहेको जानकारी दिँदै नयाँ चिडियाखाना स्थापना र सञ्चालन, वन्यजन्तु उद्धार व्यवस्थापन, वन्यजन्तु पालनसम्बन्धी मापदण्ड र वन्यजन्तु कल्याणका विषयमा आवश्यक नीति तथा मार्गदर्शन तयार तथा परिमार्जन गर्ने काममा मन्त्रालय लागिरहेको जानकारी दिइन् ।
सो कार्यक्रममा कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा। राजेन्द्रप्रसाद मिश्रले नेपालले संरक्षणमा प्राप्त गरेको उपलब्धिलाई मुलुकको आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताए ।
कार्यक्रममा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ ९आइयूसिएन० का राष्ट्रिय प्रतिनिधि डा। नरेन्द्रमान बाबु प्रधानले विकास र संरक्षणमा एकैसाथ लैजानु पर्नेमा जोड दिनुभयो । उहाँले सम्मेलनबाट पारित एजेण्डालाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको विश्व सम्मेलनमा लैजाने प्रतिवद्धता व्यक्त गरे ।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा जलवायु परिवर्तनको जैविक विविधतामा परेको असर, जलवायु न्याय, जलवायु वित्त, नेपालको संरक्षणमा सहअस्तित्वको सवाल, हिमाली अर्थतन्त्र र जलवायु परिवर्तन, हिमालका लागि जलवायु वित्तको आवश्यकतालगायत विषयमा वैज्ञानिक, अध्येताहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सो कार्यपत्रमा व्यापक छलफल गरी काठमाडौँ घोषणापत्र जारी गरिने भएको छ ।
सम्मेलनले पारित गरेका विषयहरुमा सरकारले आगामी दिनमा नीति निर्माण गर्दा, योजना तथा कार्यव्रmम तर्जुमा गर्दा ध्यान दिनुपर्ने कुरा सम्मेलनमा सहभागी वैज्ञानिक, प्राध्यापक, अनुसन्धानकर्ताहरुले आग्रह गरेका छन् ।
२०६३ असोज ७ गते तत्कालिन वनमन्त्री गोपाल राई, नेपालका लागि फिनल्याण्डका राजदुत एम। पाउली, तत्कालिन वन मन्त्रालयका सचिव दामोदर पराजुली, सहसचिवद्वय नारायणप्रसाद पौडेल, शरदकुमार राई, भूगोलविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान शाक्य, संरक्षण साझेदार तथा दातृ निकायका उच्च पदस्थ, विदेशी संरक्षण क्षेत्रमा लागेका अध्येताहरु स्वदेशी गरी २४ जनाको ताप्लेजुङको घुन्सामा हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएको थियो ।
कञ्चनजङ्गा संरक्षण क्षेत्र स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रम जाने क्रममा सो दुर्घटना भएको थियो । सोही दिनको सम्झनामा नेपालले हरेक वर्ष असोज ७ गते राष्ट्रिय संरक्षण दिवस मनाउँदैआएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *