वैदेशिक रोजगारीका नाममा आठ लाख ठगेर फरार

काठमाडौँ वैदेशिक रोजगारीका लागि विदेश पठाइदिन्छु भन्दै धनुषाका एक जनाले ८ जनाको ८ लाख रुपैयाँभन्दा बढी ठगेका छन् ।
धनुषा बोहर्बाका इमामुदिन रैनले वैदेशिक रोजगारीका लागि कतार पठाइ दिने भन्दै ८ जनासँग ८ लाख रुपैयाँभन्ला बढी ठगी गरेर फरार भएका छन् ।
रैनले धनुषाका विभिन्न ८ जनासँग जनही एक लाख रुपैयाँका दरले आठ लाख रुपैयाँ लिएर फरार छन् ।
रैनले डेढ महिना पहिला रोजगारीका लागि कतार पठाइदिने नाममा रकम असुलेका थिए । पछि अरु काम पनि गर्नुपर्छ भन्दै थप २ लाख १९ हजार ५ सय रुपैयाँ लिएका थिए ।
तर रकम लिएर काम नगरेको गुनासो पीडितहरुको छ । रकम दिएपछि भीसा प्रक्रिया पनि सुरु भएको थियो । कतार भिसा सेन्टरले ५ जनाको नाममा भीसा पनि पठाइसकेको थियो ।
तर रकम लिएपछि रैनले आजभोलि काम गरिदिने भन्दै विभिन्न बहाना बनाएर हाल सम्पर्कविहीन भएको पीडितहरुले बताएका छन् ।
अहिले उनले फोन पनि उठाउने नगरेको र रकम फिर्ता गर्न पनि आलटाल गरिरहेको पीडितहरुको भनाइ छ ।
रैनले रकम लिएको प्रमाण, फोन कल विवरण, च्याट, बैंक स्टेटमेन्टको प्रमाण आफूहरूसँग सुरक्षित रहेको उनीहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *