सरकारले सरकारले व्यवसायी दिपक भट्टमाथि कारवाह थालेको छ ।
सम्पत्ति शुद्धीकरण मुद्दामा छानबिन र कारवाहीका लागि सरकारले उनको राहदानी (पासपोर्ट) रोक्का गरेको छ ।
विभागको पत्रका आधारमा अध्यागमन विभागले भट्टलाई सोमबार कालोसूचीमा राखेको हो ।
उनीमाथि राजनीतिक पहुँचको दुरुपयोग गर्दै गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप छ ।
विभागले बैंकिङ र बिमा सम्बन्धी कसूर, राजस्व छली, सार्वजनिक सम्पत्तिको हानि–नोक्सानी जस्ता कार्यमा अनुसन्धान गरिरहेको छ ।
विभागले भट्टका नातेदारहरू श्रीमती आयुस्मा नेपाल, सासु अन्जना नेपाल लगायतको सम्पत्तिमाथि समेत छानबिन गरिरहेको छ ।अध्यागमनको कालोसूचीमा परेसँगै भट्टलाई विदेश यात्रामा रोक लागेको छ ।
अध्यागमनको कालोसूचीमा परेका व्यक्ति सम्बन्धित अनुसन्धान गर्ने निकाय वा नेपाल सरकारको पूर्व स्वीकृति बेगर विदेश यात्रा गर्न पाउँदैनन् ।
भट्टलाई राजनीतिक शक्तिको आडमा सहयोग गरेको आरोप लागेका पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालमाथि पनि विभागले सम्पत्ति शुद्धीकरण कसुरमै अनुसन्धान गरिरहेको छ ।
You may also like
-
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
-
नेपाली कांग्रेसले सबै प्रदेशमा निर्वाचनको समीक्षा गर्ने
-
भारत ठूलो जनसंख्या गणना अभियान सुरुवात गर्न तयार हुँदैछ
-
आर्थिक अपराध मामिला: पूर्व ऊर्जा मन्त्री खड्का गिरफ्तारीपछि अस्पताल भर्ना
-
मौसम परिवर्तनले फसललाई खतरा पुर्याउँछ जसरी किसानहरूले नेपालमा बालीको नोक्सानको रिपोर्ट गरेका छन्
