एजेन्सी: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत टंक बहादुर कार्कीलाई घुससहित पक्राउ गरेको छ ।
गाउँपालिकाका लेखा अधिकृत (सातौ तह) कार्कीले घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।
कार्कीले डुङ्गेश्वर गाउँपालिकाको सडक स्तरोन्नती तथा निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग थप १ लाख रुपैयाँ घुस मागेका थिए
उनले यसअघि नै १ लाख रुपैयाँ घुस/रिसवत लिइसकेकाअवस्थामा उक्त रकमसहित जिल्ला सुर्खेत, बिरेन्द्रनगर नगरपालिका वडा नं। ९, मंगलगडी चोकबाट बिहीबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
You may also like
-
काठमाडौंमा मनाइयो चिनियाँ पर्यटन दिवस
-
नेपालको वसन्त पर्वतारोहण सिजनका लागि १,१८१ विदेशी पर्वतारोहीले अनुमति प्राप्त गरे
-
आगामी बजेटबारे विशेषज्ञसँग परामर्श गर्न वित्त समिति
-
आईसीसी विश्वकप लिग: यूएसए सबै आउट १९५
-
स्वास्थ्य सेवा कानून सम्मेलनले स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय प्रदान गर्ने कानूनमा जोड दिन्छ
