एजेन्सी: राष्ट्रिय मुक्ति पार्टी नेपाल संगठन विस्तारको तयारी स्वरूप पार्टीले देशभरका ४१ जिल्ला र उपत्यकाका तीन वटै जिल्लामा नेता खटाएका छन्
हालै सम्पन्न भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकको निर्णय सार्वजनिक गर्दै ताप्लेजुङदेखि कैलालीसम्म तथा काठमाडौं उपत्यकादेखि सुदूरपश्चिमका जिल्लासम्म संगठन सशक्त बनाउन कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको हो।
पार्टीले राष्ट्रव्यापी संगठन विस्तार अभियान आगामी भदौ ८ गतेदेखि असोज २२ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ। स्वदेशवाद, बहुलराष्ट्रवाद, र सामुदायिक समाजवादलाई पार्टीको मूल मार्गदर्शन सिद्धान्तका रूपमा प्रस्तुत गरिएको छ
प्रवक्ता रविन्द कुमार श्रेष्ठका अनुसार बैठकले देशव्यापी जनआन्दोलन सुरु गर्ने निर्णय निर्णय पनि गरेको छ। उत्पीडित समुदायहरूको एकता आवश्यक रहेको निष्कर्ष निकाल्दै बहुल राष्ट्रिय राज्य निर्माण, सहकारी अर्थतन्त्रको प्रवर्द्धन, र अन्तर्राष्ट्रिय समन्वयलाई प्राथमिकता दिने निर्णय गरेको उनले बताए।
देशको हालको अवस्था गहिरो राजनीतिक संकट, सांस्कृतिक विघटन र आर्थिक दिवालियापनको स्थितिमा पुगेको ठहर गर्दै, २०७२ को संविधानले मधेशी, थारू, आदिवासी, मुस्लिम, दलितलगायत उत्पीडित समुदायलाई राज्यबाट बहिष्कृत गरेको आरोप लगाएको छ।
बैठकमा राष्ट्रिय मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टीबीच श्रावण २९ गते भएको कार्यगत एकतालाई अनुमोदन गर्दै, संयुक्त रूपमा कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय पनि गरिएको छ।
You may also like
-
काठमाडौंमा मनाइयो चिनियाँ पर्यटन दिवस
-
नेपालको वसन्त पर्वतारोहण सिजनका लागि १,१८१ विदेशी पर्वतारोहीले अनुमति प्राप्त गरे
-
आगामी बजेटबारे विशेषज्ञसँग परामर्श गर्न वित्त समिति
-
आईसीसी विश्वकप लिग: यूएसए सबै आउट १९५
-
स्वास्थ्य सेवा कानून सम्मेलनले स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय प्रदान गर्ने कानूनमा जोड दिन्छ
