एकीकृत समाजवादी र विद्रोही नेकपा राष्ट्रिय एकता अभियानबीच पार्टी एकता

एजेन्सी:  नेकपा (एकीकृत समाजवादी) र विद्रोही नेकपा (राष्ट्रिय एकता अभियान) बीच पार्टी एकता भएको छ। एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा महेन्द्र अर्याल नेतृत्वको उक्त अभियान एकीकृत समाजवादीमा समाहित भएको हो।
पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उक्तहरूलाई पार्टीमा स्वागत गरे। कार्यक्रमको अध्यक्षता पार्टीका वरिष्ठ नेता प्रमेश हमालले गरेका थिए। उपाध्यक्ष डा।गंगालाल तुलाधरले सञ्चालन गरेका थिए।

एकता अभियानका अध्यक्ष वामदेव गौतम भने यसअघि नै नेकपा एस प्रवेश गरिसकेका छन्। उनलाई नेकपा एसले तेस्रो वरियतासहित वरिष्ठ नेताको जिम्मेवारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *