मिरिकमा ब्याडमिण्टन ट्यालेण्ट हण्ट

मिरिकको ब्याडमिण्टन खेलाड़ीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यमा दार्जीलिङ गोर्खा हिल्स ब्याडमिण्टन एसोसिएशनको बृहत् आयोजना नि मिरिक ब्याडमिण्टन क्लबको सहभागितामा ब्याडमिण्टन ट्यालेण्ट हण्ट गरिएको छ। मिरिक क्षेत्रका लगभग 40 युवा खेलाड़ीहरूले यस प्रतियोगितामा सहभागिता जनाएका थिए। यसमा मिरिकका विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमको सभापतित्व मिरिक ब्याडमिण्टन क्लबका अध्यक्ष मणि राईले गरेका थिए। कार्यक्रममा डीजीएचबीएका अध्यक्ष यवन थापा, महासचिव शिशिर मोक्तान लगायत अन्य कार्यकारी सदस्यहरूको उपस्थिति थियो।
खेलको निरीक्षण मिरिक ब्याडमिण्टन क्लबका वरिष्ठ सदस्यहरू दीप तामाङ, अविनाश ठकुरी, सरु विशाल गुरुङ, महेश राई, बिरेन तामाङ र ज्ञानेश गुरुङले गरेका थिए। साथै निर्णायक मण्डलमा अस्मित राई, अनिकेत राई र प्रतीक तामाङ थिए।खेलमा छनौट भएका खेलाड़ीहरूको नाम दार्जीलिङ गोर्खा हिल्स ब्याडमिण्टन एसोसिएशनको पदाधिकारीहरूले सुरक्षित राखेका छन्।

आगामी एक-दुई दिनभित्र सार्वजनिक गरिने जानकारी दिइएको छ। सम्पूर्ण प्रतियोगिता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको हुँदा सबैले खुशी व्यक्त गरेका छन्। क्लबले चयन भएका खेलाड़ीहरूले भविष्यमा अझै कठोर परिश्रम गरेर अघि बढ्ने आशा व्यक्त गर्दै कार्यक्रमको समापन भएको जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *