७ बालकसहित आठ जनाको समूह चोरीमा संलग्न, चोरी भएका दश स्कुटर भेटिए, एउटामा आगजनी

एजेन्सी: जिल्ला प्रहरी कार्यालय कास्कीले स्कुटर चोरी तथा आगजनीमा संलग्न आठ जनाको समूहलाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये १३ देखि १६ वर्ष उमेर समूहका सात जना बालक र एक २० वर्षीय युवक रहेका छन् ।

पक्राउ परेकामध्ये २० वर्षका युवक दिनेश गुरुङ्ग र अन्य १६ वर्षमुनीका बालकहरू भएकाले उनीहरूको विवरण गोप्य राखिएको छ । गोरखा स्थायी घर भएका गुरुङ अहिले पोखरा महानगरपालिका-१६ दीपमा बस्ने गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी)बसन्त कुमार शर्माका अनुसार चैत १३ गते राति पोखरा महानगरपालिका-२० भलामस्थित घर अगाडि पार्किङ गरिएको ग११प ७५३७ नम्बरको स्कुटर चोरी भएको सूचना प्राप्त भएपछि अनुसन्धान सुरु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *