एजेन्सी: गत साउन ९ गते हेटौंडा–८, कमानेकी एक युवतीले विष खाइन् । उनले झार मार्ने विष सेवन गरेकाे पछि खुल्याे
विषले खानेवित्तिकै राम्ररी काम गरेन । तर विस्तारै विष शरीरभरि फैलियो । तीन दिनपछि अति नै पेट दुख्यो । अनि उनले आफ्नो एकजना साथीलाई यस्ताे विवरण सुनाइन्–
‘एकजनाले मलाई तिम्राे र मेराे भिडियो बाहिर ल्याइदिन्छु भनेर फेसबुकमा धम्काएको छ । मर्नु न बाँच्नु भयाे । यही झोकमा मैले विष खाएँ । पेट पोलिरहेकाे छ ।
यस्तो गम्भीर प्रकृतिको घटनालाई पनि उनका साथीले भने सामान्य लिए । सायद विष खाएकाे कुरा पत्यार लागेन उनलाई ।
तीन दिनपछि विष पिउने युवती, उनै धम्क्याउने पुरुष र युवतीका भाइ चितवनस्थित अस्पताल पुगे । अस्पतालमा चिकित्सकले भने, ‘यस्तो कुरा लुकाएर किन राख्नु भयो ? तपाईंले विषय पिउनु भएको छ र विषले तपाईंको फोक्सोबाहेक सबैतिर असर गरेकाले अब कुनै उपचार छैन ।’
युवतीका भाइले दिदीसँग विलाैना गरे, ‘तिमीले यो के गर्याै दिदी ? के पुगेको थिएन ? कसले के तनाव दियो र यसो गर्यौ ?’
दिदीले भनिन्, ‘यो सबै यही सुरज कार्कीका कारण भएको हो । यसले सपना भन्ने फेसबुक आइडीबाट मलाई ब्ल्याकमेल गर्यो । भिडियो बाहिर ल्याइदिन्छु भन्दै साढे ३ लाख रुपैयाँ पनि खायो । यसका कारण म जीवनमरणको दोसाँधमा पुगेर विष खाएँ ।’
पीडितका भाइले त्यहीँ सुरजलाई तत्कालै दुई–तीन चड्कन लगाए । यो अकल्पनीय, अक्षम्य अपराध थियो । मृतक युवती विवाहित हुन् । एक हिसाबले उनीहरु हाडनातासम्म जोडिएका नातेदार थिए । अस्पतालबाट भागेका सुरज अहिलेसम्म फरार छन् ।
You may also like
-
प्रदेश सरकारमा एमाले-नेकपा गठबन्धन गर्ने सहमति, पाँच प्रदेश नेतृत्व भागबन्डा टुंगियो
-
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा
-
दुई घण्टा गाडी चढेर स्कुल पुग्छन् होल्डिङ सेन्टरका बालबालिका
-
चीन भ्रमणको तयारीमा रवि लामिछाने, राष्ट्रपति सी चिनफिङसँग भेटको प्रयास
-
आजसम्म शिक्षा र स्वास्थ्यमा नागरिकले तिरेको कर फिर्ता हुन्छ कि हुँदैन ?
