आगामी 21 जुलाईको उत्तर कन्या अभियानबारे तनाउको स्तर बढ्दै गइरहेको छ। सिलगढ़ीमा आयोजित एक पत्रकार सम्मेलनमा भाजपा युवा मोर्चाका राज्य अध्यक्ष इन्द्रनील खाँले भने, उत्तर कन्या अभियानका लागि पुलिसले अनुमति नदिएको हुँदा तिनीहरूले जलपाइगढ़ी सर्किट बेञ्चको डिभिजन बेञ्चमा शरण लिएका छन्।
भाजपा युवा मोर्चाको जनआन्दोलनलाई रोक्नकै लागि प्रशासनले उत्तर कन्या अभियानको अनुमति नदिएको इन्द्रनील खाँको आरोप छ। तिनले भने, अहिले राज्यमा कानून व्यवस्था बिग्रिँदै गइरहेको छ। सर्वसाधारणको आवाज सुन्ने कोही छैन। त्यसैले यो शान्तिपूर्ण आन्दोलन गरिँदैछ।
अनुमति नपाए पनि तिनीहरूले आन्दोलन जारी राख्ने भाजपा युवा मोर्चाको राज्य नेतृत्वले स्पष्ट सन्देश दिएको छ। पत्रकार सम्मेलनमा पार्टीका अन्य जिल्ला र प्रदेश स्तरका नेताहरू पनि उपस्थित थिए।यसैबीच 21 जुलाईको उत्तर कन्या अभियानबारे उत्तर बङ्गालको राजनीति फेरि एकपटक तात्तिने सम्भावना देखिएको छ। अब न्यायालयको फसेला के आउँछ र राज्य सरकारको धारणा कस्तो रहनेछ हेर्न बाँकी छ।
