मनसुनी वायुको प्रभाव हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही क्षेत्रमा महसुस भइरहेको छ। लुम्बिनी प्रदेशको पूर्वी भागको मौसम तुलनात्मक रूपमा राम्रो छ। देशको पश्चिमी भागमा पनि पश्चिमी र स्थानीय वायुको प्रभाव कम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आजको मौसम आंशिक बदली र प्रायः बादल लाग्ने अनुमान गरिएको छ, प्रत्येक प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा, मेघगर्जन र चट्याङ पर्ने अनुमान गरिएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारीदेखि अत्यधिक वर्षा हुने अनुमान गरिएको छ। यी प्रदेशका उच्च पहाड र हिमालका केही क्षेत्रमा हिमपात हुने अनुमान गरिएको छ। लुम्बिनी प्रदेशमा पनि केही स्थानमा उल्लेखनीय वर्षा हुने अनुमान गरिएको छ।
You may also like
-
परराष्ट्रमन्त्री खनाल र इयुकी कार्यकारी उपाध्यक्ष रिबेराबीच भेटवार्ता
-
परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्क भेटवार्ता
-
भरतपुरका चोक चोकमा ट्राफिक लाइट राखिँदै
-
बाढीले क्षतिग्रस्त धादिङका ७ झोलुङ्गे पुलको पुनर्निर्माण गरिँदै
-
धनकुटामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
