काठमाडौंको दक्षिणकाली नगरपालिका-४ मा बुधबार राति सुरु भएको हात्तीवनको आगलागी अझै नियन्त्रण बाहिर छ। नियन्त्रण बाहिर गएको वन डढेलो निभाउन स्थानीयवासी, दक्षिणकाली नगरपालिकाको नगर प्रहरी र इलाका प्रहरी कार्यालय फर्पिङको प्रहरी टोलीलाई बोलाइएको छ।
हिजोदेखि नेपाली सेना, नेपाल प्रहरी, नेपाल सशस्त्र प्रहरी बल (एपीएफ), स्थानीयवासी, दमकल र पानी ट्याङ्कर सबैले आगो निभाउन प्रयास गरे पनि असफल भए। खेतमा बालीनाली बढाउन स्थानीयवासीले आगोको प्रयोग गरेर मल बनाउँछन्। यहाँ पनि स्थानीयवासीले आगो लगाएको हुन सक्ने प्रहरीको भनाइ छ।
You may also like
-
देउसी भैलोमा सङ्कलित दुईलाख सडक निर्माणमा
-
झाँक्री प्रकाश भुजेलले म्यानपावर व्यवसायीलाई कुटपिट गरेपछि कार्यालय तोडफोड, भागेको भन्दै प्रहरी कार्यालय घेराऊ
-
भन्सार छली गरेको दुई किलो सुन र १० किलो चाँदी बरामद
-
हर्क साम्पाङको पार्टीमा ५ पदाधिकारी, केन्द्रीय समितिमा २३ जना
-
बाबुरामले भने- अन्तरिम सरकार कसैको दयामाया बनेको होइन, अहिलेको आवश्यकता हो
