गएको दिसम्बर महीनामा माल नगरपालिकाले घर घरमा प्रशोधित खानेपानी पुर्या उने पहल गरेको थियो। तर अझै पनि सबै वार्डमा सेवा उपलब्ध गराउन नसकेको आरोप छ। कार्यको गति निकै सुस्त छ जसको कारण फरवरीको आरम्भमा नै माल शहरमा पानीको सङ्कट देखिएको छ। साधारण मानिस तथा विपक्षीहरू नगरपालिकाले कहिले समस्या समाधान गर्छ भन्ने प्रतीक्षामा छन्। यस विषयमा माल नगरपालिकाका अध्यक्ष उत्पल भादुरीले भने, पहिलो अमृत योजनाअन्तर्गत हामीले झण्डै हजार घरमा पानीको जड़ान गरिसकेका छौँ। अझै बाँकी जड़ानहरू अमृत-2 योजनामा पूरा गर्नेछौँ। तिनले पहिलो योजनाका लागि 44 करोड़ रुपियाँको बजेट रहेको जानकारी दिए।
माल शहरको खानेपानी समस्या धेरै वर्षदेखिको हो। विभिन्न पक्षहरूबाट नगरपालिकालाई नालिशहरू आइरहेका छन् साथै यसको उचित समाधानको माग उठिरहेको छ। अन्ततः अमृत योजनामार्फत घर घरमा प्रशोधित खानेपानी पुर्याकउने पहल गरिएको थियो। पहिलो चरणमा झण्डै हजार घरमा मिटर र पाइपलाइन जड़ान गरियो। तर नगरपालिकाको आन्तरिक अस्थिरताको कारण काम सुस्त गतिमा अघि बढ्यो। पछिल्लो दिसम्बरमा पुनः तीव्र रूपमा काम थालिए पनि अझै सबै वार्डमा पर्याप्त खानेपानी उपलब्ध गराउन सकेको छैन। त्यसमाथि केही वार्डमा पानीका मिटरहरू चोरी भएको गुनासो छ।
स्थानीय वासिन्दा मितु मुखोपाध्यायले भने, खानेपानीको समस्या अझ गम्भीर बन्दै गइरहेको छ। नगरपालिकाले सकेसम्म चाँड़ो परियोजना पूरा गरोस् भनेर अनुरोध गर्छौँ। यसैबीच अमृत योजनासितै माल शहरको पम्पा हलनजिक एउटा रिजर्भर पनि निर्माण गरिएको छ। तर त्यस रिजर्भरका लागि पानीको सतह समस्या बनेको छ। त्यसबारे अध्यक्ष भादुरीले भने, पहिलोपटक बोरिङ गर्दा पानीको तह भेटिएन अब दोस्रो प्रयास गरिँदैछ। सफल भएपछि काम छिट्टै सक्नेछौँ।
अमृत योजना ढिलो भएकोमा विपक्षीहरूले आलोचना गरिरहेका छन्। माल टाउन भाजपाका अध्यक्ष नवीन साहाले भने, नगरपालिकाको अपरिपक्व योजनाको कारण अमृत योजनामा ढिलो भइरहेको छ। धेरै वार्डमा मिटर नै जड़ान भएको छैन। केही वार्डका मिटर चोरी भएको छ। पहिलो चरणको कामको सही जाँच गरेर मात्र अर्को चरणको बजेट स्वीकृत गर्नुपर्छ। सीपीएमका नेता राजा दत्तले भने, अघिल्लो बोर्डले पानी समस्या समाधान गर्ने कुनै योजना नै बनाएको थिएन। मोडल सिटी घोषणा गरिएपछि वार्डमा ट्याङ्करबाट पानी उपलब्ध गराउने प्रयास गरिएको थियो, जुन अहिले गाउँहरूमा पनि गरिँदैन। बजेट पहिल्यै आएको थियो, अझै पूरा भएन किन? हामी स्थायी समाधान चाहन्छौँ। समग्रमा नयाँ नगरपालिकाका लागि पानी समस्या समाधान गर्नु सबैभन्दा ठूलो चुनौती बन्ने देखिन्छ।
