एजेन्सी: बिहानको घाम कलिलै थियो । खुल्ला आँखाले सीधा हेर्न सकिन्थ्यो । पटुकीमा पोकापाकी पारिएको एक टुक्रा रोटी खुवाएर सन्तान हुर्काएकी मेरी आमाले निधारको बीच्चमा लगाएको रातो टीका जत्रो मात्रै देखिएको थियो घाम । अनिकालले बटारेको आन्द्रालाई साक्षी राखेर स्तनपान गराएकी मेरी आमाको फुटेको कुर्कुच्चाले बनाएको गोलो-गोलो डोब जत्रो मात्रै देखिएको थियो घाम
म उभिएको पृथ्वीलाई आफू वरिपरि अरबौं वर्षदेखि फनफनी घुमाइरहेको घाम आगोको रातो डल्लाजत्रो मात्रै देखिएको थियो । मेरो ८१ वर्षीय उपो (बाजे) ले ङासी (जाँड) पिउने डबकाभन्दा ठूलो देखिएको थिएन घाम । केही वर्षअघि गाउँमा आइपुगेको बिजुलीको रातो बल्ब जस्तो मात्रै देखिएको थियो ।
घडीको सुईले बिहानको सवा छ बजाएको थियो
म काठमाडौं जाने तरखर गर्दै थिएँ । काठमाडौंका लागि कान्छी आमाले भुटेको मकै भटमास, फर्सीको बियाँ, बिमिरा, सुठनी लगायत खानेकुरा बोरामा पोको पारिदिएकी थिइन्, बोरालाई बोकेर हिँड्न मात्रै बाँकी थियो । अलि अगाडि आहालमा काठमाडौं ल्याइपुर्याउन विद्युतीय गाडी तयारी अवस्थामा थियो, गाडीको ढोका खोलेर कुर्सीमा बस्न मात्रै बाँकी थियो ।
You may also like
-
परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट
-
महँगी र कालोबजारी नियमन्त्रण गर्न सरकार असफल : कांग्रेस सासद केसी
-
स्तन क्यान्सर सचेतनाका लागि पिंकवाक’ हुँदै
-
प्रधानमन्त्री शाह र अमेरिकको कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता
-
संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर राख्न कांग्रेसको आग्रह
