आज देशभर मौसम बदली भएको छ । काठमाडौं उपत्यकामा पनि आकाश कुहिरो लागेको छ । देशमा पश्चिमी न्यून चापीय प्रणाली र पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसम बदली भएको छ । दिउँसो केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो साँझदेखि पश्चिम नेपालबाट सुरु भएको बदलीसँगै आज देशका अधिकांश भूभागमा मौसम बदली भएको छ । महाशाखाले आज बिहान पठाएको सन्देश अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्का वर्षा भइरहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली तथा पहाडी भेगमा हल्का हिमपात भइरहेको छ ।
आगामी २४ घण्टामा सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशका थोरै स्थानहरुमा साथै गण्डकी र वाग्मती प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम हिमपात हुनेछ। बिहान काठमाडौं उपत्यका र तराईका केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेको छ । बदलिँदो मौसमलाई मध्यनजर गर्दै महाशाखाले नागरिकलाई उचित सुरक्षा उपाय अपनाउन सुझाव दिएको छ ।
You may also like
-
हुम्लाको डाँडाफयामा भालुको आतङ्क, नियन्त्रणमा नलिए जनधनको क्षति हुनसक्ने सम्भावना
-
विपत्तिको कहर: १९ जिल्लामा मानवीय क्षति
-
पेट्रोलियम पाइपलाइनबाट साढे ६ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी बचत
-
जोखिमयुक्त मानिसहरुको रक्षाका लागि कोशी प्रदेश स्तरीय मानवअधिकार सहायता कक्ष गठन
-
यति धेरै जनधनको क्षति हुँदा पनि ओलीमा कुनै पश्चाताप छैन : प्रचण्ड
