एजेन्सी: दुई दिनको अवधिमा जिल्ला प्रहरी कार्यालय कास्कीले गरेको विशेष चेकजाँचमा ३५ वटा स्वरुप परिवर्तन (मोडिफाइड) बाइक नियन्त्रणमा आएका छन् ।
यही कात्तिक १४ र १५ गते जिल्ला प्रहरी कार्यालय कास्की, मातहत प्रहरी इकाईहरू र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की समेतको संयुक्त प्रयासमा सवारी साधन चेकजाँच गर्दा चर्को आवाजमा ध्वनी प्रदुषण गर्ने ३५ वटा मोटरसाइकलहरु नियन्त्रणमा लिईएको हो
स्वीकृति नलिई सवारी साधनको साइलेन्सर, सिट, रङ्ग, स्वरूप, नम्बर प्लेट, लुकिङ ग्लास, सक,ह्याण्डल, इन्जिन, चेसिसमा परिवर्तन गर्ने वा ध्वनि प्रदूषण हुने खालका पार्टपुर्जा जडान गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को बमोजिम १५ हजार रुपैयाँ सम्म जरिवाना हुने व्यवस्था रहेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् डिएसपी वसन्तकुमार शर्माले कसैले स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गरी मोटरसाइकल चलाएको देखेमा जिल्ला प्रहरी कार्यालयको १०० र जिल्ला ट्राफिक कार्यालयको १०३ मा टेलिफोन गरी सूचना दिनको लागि अनुरोध समेत गरेका छन् ।
You may also like
-
प्रदेश सरकारमा एमाले-नेकपा गठबन्धन गर्ने सहमति, पाँच प्रदेश नेतृत्व भागबन्डा टुंगियो
-
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा
-
दुई घण्टा गाडी चढेर स्कुल पुग्छन् होल्डिङ सेन्टरका बालबालिका
-
चीन भ्रमणको तयारीमा रवि लामिछाने, राष्ट्रपति सी चिनफिङसँग भेटको प्रयास
-
आजसम्म शिक्षा र स्वास्थ्यमा नागरिकले तिरेको कर फिर्ता हुन्छ कि हुँदैन ?
